नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बुधबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसी टेबल गर्नुपरेको बताएका थिए । तर उनले टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोजेका थिए । ‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन