निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रवाह गर्दै धादिङको नीलकण्ठ नगरपालिका

धादिङ – नीलकण्ठ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ ।  होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई मानसिक समस्या हुने भन्दै टेलिफोनमार्फत निःशुल्क मनोपरामर्श सेवा सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।  विपत्तिको समयमा नगर बासीहरूले डर, चिन्ता र पीरको सामना गर्नु परेको भन्दै मेयर ढुङ्गानाले मनमा आउने डर, चिन्ता र तनावलाई सकारात्मक रूपले कसरी कम गराउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यल...