एजेन्सी। बलिउड अभिनेत्री कियारा आडवाणी दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार राम चरणको आउँदो फिल्म ‘आरसी–१५’मा अभिनेतासँगै लिड रोलमा देखिने भएकी छन्। फिल्मको निर्देशकको रुपमा एस शंकर छन्। फिल्म निर्माता सेप्टेम्बरको पहिलो हप्ताबाट फिल्म शूटिंग गर्ने तयारीमा छन्। यसअघि फिल्मको शूटिंग जुलाईको पहिलो हप्ताबाट सुरु हुने भनिएपनि कोरोनाको कारण राम चरणको ‘आरआरआर’को शूटिंग सरेपछि ‘आरसी–१५’ शूटिंग सरेको हो।