आजभोलि प्रायः सबै व्यक्तिलाई कब्जियतको समस्या हुने गरेको छ । बच्चाहरूमा पनि यो समस्या दिनप्रतिदिन बढ्दो छ । त्यसो हुनुको कारण गलत आहारबिहार हो भन्दा नराम्रो मान्नुपर्दैन ।
कब्जियतबारे जान्नुभन्दा पहिले हाम्रो पाचन प्रक्रियाबारे थोरै बुझौं – हामीले मुखबाट खाएको खाना अन्न नलीको बाटो हुँदै आमाशयमा पुग्छ, त्यहाँबाट ठूलो आन्द्रा, सानो आन्द्रा हुँदै मलद्वारसम्म पुग्छ र बाहिर निस्कन्छ ।
त्यो बीचमा खानामा भएका विभिन्न पौष्टिक तत्व आहार रसहरू शरीरले लिन्छ र हाम्रो शरीरलाई नचाहिने कुराहरू मलको रूपमा दिशाबाट बाहिर निस्कन्छन् । चाहि...