नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन् ।
नर्भिकमा कार्यरत हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले फ्री ओपिडी सेवा दिने भएका हुन् ।
मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिन सक्नेछन् ।
नर्भिकले तीन साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अ...