एक्काइस वर्षदेखि आरनकै भरमा गुजारा

जिल्लाको खार्पुनाथ गाउँपालिका–३ को कारंङ्ग गाउँका आइतराम लुवारले बिगत २१ वर्षदेखि आरन पेशाका भरमा जिबीकोपार्जन गर्दै आउनु भएको छ । जिबीकोपार्जनको अन्य बिकल्प नदेखिएपछि उहाँले बाजेको पालादेखि अगालिएको पेशालाई नै निरन्तरता दिनु भएको हो ।

सम्बन्धित सामग्री

पहिरोपीडितको कहर : दाताको भरमा ३ महिना गुजारा

तिलागुफा ४ राचुलीकी ४६ वर्षीया सीता शाहीको घर गत असोज २३ गते पहिरोले भत्काएपछि छिमेकीको घरमा ओत लाग्दै आएकी छन् । घर पहिरोले नभत्काउनुअघि होटल सञ्चालन गरेर गुजारा गर्दै आएकी सीता असोजदेखि मागेर गुजारा चलाउनुपर्ने अवस्थामा पुगिन् । दुई छोराछोरीसहित छिमेकी कृष्णबहादुर शाहीको घरमा बस्दै आएकी उनको गाउँको खेतबारी पनि पहिरोले बगायो । घरजग्गा केही बाँकी छैन । उनले भनिन् बाच्नै कठिन छ । उनका पति रनबहादुर शाही ३ वर्षदेखि घर आएका छैनन् । अर्की पत्नीसँग कैलालीतिर बस्छन् ।

गाउँपालिकामा पहिलोपटक पुग्यो केन्द्रीय विद्युत्

बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ । पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा गाउँमा विद्युत् सेवा पु¥याएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।           लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका वडावासी पहिलोपटक केन्द्रीय विद्युत् बलेपछि हर्षित भएको स्थानीय तिलक छन्त्यालले बताउनुभयो । “बिहान बेलुका सामान्य बत्ती मात्रै बाल्न पुग्थ्यो”, छन्त्यालले भन्नुभयो, “बर्खाको समय घरेलु विद्युत्मा समस्या आउँदा अन्धकारमै थियौँ, केन्द्रीय विद्युत् आउँदा निकै सहज भएको छ ।”           झण्डै आठ वर्षदेखि लघु जलविद्युत्मार्फत सामान्य सेवा उपभोग गरेका जलजलावासीको घरमा केन्द्रीय विद्युतीकरण पु¥याइएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो । “केन्द्रीय विद्युत्को पहुँच गाउँगाउँ पु¥याउने सरकारको नीतिअनुसार बडीगाडमा जलजलाबाट विद्युतीकरण शुरु गरेका छौँ”, गोशलीले भन्नुभयो, “आगामी असार मसान्तसम्म गाउँपालिकाको ८ नम्बरबाहेक वडा १ देखि १० नम्बर वडासम्म विद्युतीकरणको लक्ष्य रहेको छ ।”           जलजलाको झुलेडाँडाका ३५ घरमा शनिबारदेखि विद्युत् पगेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत झण्डै रु ५५ लाखको लागतमा जलजलामा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले गलकोट नगरपालिका–५ हरिचौरमा रहेको सबस्टेसनबाट ११ केभी प्रसारण लाइनमार्फत गाउँपालिकाको खौलारा बजारदेखि चार किलोमिटरको दूरीमा रहेको झुलेडाँडामा ५० केभी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ ।