प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा सरकार विरोधी झगडिया भएको आरोप लगाएका छन् ।शनिवार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुनमाथि आरोप लगाएका हुन् ।सभामुख सापकोटाले सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको प्रसंग कोट्याउँदै ओलीले झगडिया भएको आरोप लगा...
(अपडेट) काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुग्नुभएको छ ।
अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो ।
प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाको प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद ब...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।
अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओली विरुद्ध दायर गरेको मुद्दा सर्वोच्च प्रशासनले आज (मंगलबार) दर्ता गरेको हो ।
९४ वर्षीय वकिल कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गरेको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको निवेदकको ठहर छ ।
यही माघ ९ गते प्रधानमन्त्री ओलीले कार्की बेन्क्वेटमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई ‘बाजे’ र संवैधानिक इजलासमा भइरहेको बहसलाई लक्षित गर्दै ‘तमासा’ भन्नुभएको थियो । प्रधानमन्त्रीको सो भनाइ विरुद्ध आचार्यले आइतबार र न्यौपानेले सोमबार मुद्दा दायर गर्नुभएको थियो ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कानुन व्यवसायी, राजनीतिक दलका नेता, नागरिक समाजलगायतबाट चर्को विरोध भइरहेको छ ।