फोहोर व्यवस्थापनको लागि युवा संघको दबाबमूलक कार्यक्रम : उठायो सडकमा थुपारिएको फोहोर

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले दबाबमूलक सरसफाई कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरमा चुलिएको फोहोरमैलाको विकराल समस्याको विरोधमा युवा संघले सोमवार सडकको फोहोर उठाएर सरकारलाई दबाब दिएको हो। युवा संघले नयाँ बानेश्वरस्थित सडकमा थुपारिएको फोहोर उठाएको थियो। यसअघि, आइतवार अव्यवस्थित फोहोर मैलाको विरोधमा नेकपा (एमाले) काठमाडौंले प्रदर्शन गरेको छ।…