काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टी माओवादी केन्द्रमा मिसिँदै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएको छ।एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै यस्तो हल्लामा कुनै सत्यता नरहेको र निराधार हल्लाका पछि नलाग्न प्रष्ट पारेका छन्।विज्ञप्तिमा भनिएको छ, विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र ) बिच तत्काल एकता हुदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौ कि यो