खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ।उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्ध विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले बिहीबारदेखि प्राधिकरणको इतिहासमा नय