राष्ट्रियसभा निर्वाचन: गण्डकीमा कमला पन्त विजयी, गठबन्धनका सात जनाको मत एमालेलाई

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छन् ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्ता गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी हुनुभएको हो । पन्त तीन हजार ८४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका लीला पोखरेल थनेतलाई दुई हजार सात सय २४ मत ल्याएर पराजित हुनुभयो ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनको ‘क्लिन स्विप’

सत्ता गठबन्धनले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा क्लिन स्विप पारेको छ । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने  एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए । यस्तै अन्य कोटाबाट माओवादीका