काठमाण्डाै - अहिले उत्पादन भएका कोरोनाविरुद्धको खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा मात्रै सीमित भएको छ ।
खोपको कुल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले जनाएको छ ...