मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए ।यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लैजाने उनले बताए ।