कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भएपछि आइतबार राति मृत्यु भएको छ । शल्यक्रिया गर्ने चिकित्सकले सुरुमा शल्यक्रिया सफल रहेको भनेपनि पछि अत्यधिक रक्तश्राव भएको जानकारी दिँदै मिर्गौला नै झिके पनि बिरामीको मृत्यु भएको परिवारले बताएका छन् ।