एमडीएमएसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आजदेखि लागू भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले मुलुकको अर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्ने बताएका छन् । आजदेखि लागू भएको एमडीएमएसबारे सम्बोधन गर्दै उनले यसबाट राज्यले लाभ लिन सक्ने बताएका हुन् ।उनले अबदेखि चोरी पैठारीका मोबाइल फोनको प्रयोग र बिक्रीवितरण पूर्णरूपमा रोकिने बताए । ‘चोरी पैठारी भएर आउने मोबाइल फोनको नियन्त्रण हुन्छ,’ कार्कीले भने, ‘यसबाट राज्यले थप राजश्व संकलन गर्छ र अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्छ

सम्बन्धित सामग्री

अर्थतन्त्र सबल हुँदैछ, मुलुक श्रीलंका हुने अवस्थामा छैन : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंका जस्तो हुने अवस्थामा नरहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सदनबाट पारित भएपछि वैदेशिक सहयोग र आर्थिक अनुदानमा सकारात्मक प्रभाव भइरहेको बताएका हुन् । ‘केही समस्या छन्, तर सुनियोजित रुपमा जसरी श्रीलंकाको बाटोमा गइरहेको भन्ने छ, श्रीलंका हुने अवस्थामा छैनौं,’ उनले भने ।प्