झापा : कचनकवल गाउँपालिकामा भवन निर्माण गर्दा अनियमितता !

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भवन निर्माण कार्य सम्पन्न नगरी प्रदेश सरकारको बजेट मात्र खर्च गरेको खुलेको छ। १ नम्बर प्रदेश सरकारको समपूरक अनुदानमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा कचनकवल गाउँपालिकालाई राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।तर, गाउँपालिकाले भवन निर्माणकार्य सम्पन्न नहुँदै प्रदेश सरकारको एक करोड रुपैयाँ बजेट खर्चमा तानिसकेको भेटिएको हो। प्रदेश लेखा इकाइ कार्यालय झापाको तथ्याङ्‌क अनुसार गाउँपालिकाले जेठ