प्रतिनिधिसभा बैठकमा उठ्यो निर्वाचन आयोगमा र सर्वोच्चमा ‘सेटिङ’ भएको सवाल

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राज्यका हरेक निकाय सेटिङको आधारमा चलेको गम्भीर सवाल उठेको छ । राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’ को आधारमा फैसला गरेको आवाज उठाइएको छ । प्रतिनिधिसभा बैठकको सोमबारको शुन्य समयमा बोल्दै सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् । ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले जल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ&rsquo

सम्बन्धित सामग्री

एमाले नाराबाजी उत्रिँदा भीम रावल भने छलफलमा सहभागी

प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् । यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् । एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि स