चीनबाट कोरोनाविरुद्धको खोप भेरोसेल ४४ लाख डोज आज काठमाडौं आइपुगेको छ ।
सरकारले खरीद गरेको ६० लाखमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको छ ।
खोप नेपाल एयरलाइन्सको उडानमार्फत् ल्याइएको हो ।
काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर […]
काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोज पाउने भएका छन्।भेरोसेल खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिइनेछ भने बाँकीलाई अर्को खेपमा सोही खोप दिइनेछ। हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।'हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोस
काठमाडौं : सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो। सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि…
सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए ।नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो । खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो । आज आएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ ।
काठमाडौ : भदौ ३१ गते चीनबाट ४४ लाख डोज भेरोसेल खोप आउँदै छ। कोरोनाविरुद्धको खोप एकै पटक आउन लागेको यो खोप अहिलेसम्मकै धेरै हो।एकै दिनमा दुई वटा विमानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए। यसअघि आउने भेरोसेल खोप एक डोजको एक भाइल हुने भए पनि अब आउन लागेको भेरोसेल खोप पाँच डोजको एक भाइल हुन्छ। त्यसैले यो खोप सकेसम्म एक खेपमा र नभए पनि दुई खेपमा गरी सबै खोप शुक्रबारै ल्याउने तयारी गरेको सचिव पोखरेलको भनाइ छ।&nb
काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।
ललितपुर, ६ असार: चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो । ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी […]
ललितपुर । चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो । ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए […]