प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा बहस सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा बहस सुरु भएको हो । यसअघि नै निवेदक र विपक्षीलाई १५–१५ घण्टाको समय तोकिएको छ भने एमिकस क्युरीले २ घण्टा समय पाउनेछन् ।