प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइका लागि गठित संवैधानिक इजलासका सम्बन्धमा निरन्तर प्रश्न उठेपछि प्रधानन्यायाधीश परामर्शमा जुटेका छन् ।
यसै क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग मंगलवार छलफल गर्ने भएका छन् ।
छलफल ११ बजेका लागि तय भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । उक्त छलफलका कारण आज इजलास बस्न केही ढिलाइ हुने भएको छ ।
नेकपा दर्ता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त मुद्दाको पुनरवलोकन निवेदनमाथि सुन...