बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ। आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो।