पूर्वमन्त्री बोहराको गृह पालिका परशुराममा एमाले शून्य

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा नेकपा एमाले शून्य भएको छ।३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत परशुराममा एमाले शून्य भएको हाे। सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री एवं एमाले केन्द्रीय सदस्य पठानसिंह बोहराको गृह पालिका परशुराममा एमालेको हार भएको हो।१२ वटा वडा रहेको परशुराममा एमालेले यसपटकको निर्वाचनमा एक वडा समेत जित्न सकेन। यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेले परशुराममा २ वडा जितेको थियो।यसपटक ती वडामा माओवादी केन