काठमाडौंको गुहेश्वरी खोला किनारमा शव भेटियो

काठमाडौंं । काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव भेटिएको छ । काठमाडौंको नयाँवस्तीस्थित गुहेश्वरी खोला किनारमा एक युवाको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव कसको हो भन्ने पहिचान खुलेको छैन् । यस घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।