भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आएको छ । मंसिर महिनाबाट कार्यान्वयनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग ७ हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक मेयर निर्वाचित भएसँगै भरतपुरमा ७ हजार लिटरसम्म खानेपानी पिउने ग्राहकलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी थिइन् । पदभार ग्रहण गर्दा गरेको दुई व