काठमाडौं महानगपालिकाको आकर्षक प्रस्तावः निःशुल्क शौचालय प्रयोग गर्न दिनेलाई व्यवसाय करमा ५० प्रतिशत छुट

काठमाडौं। काठमाडौं महानगपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट जस्ता व्यवसाय गर्नेलाई आकर्षक प्रस्ताव ल्याएको छ। महानगरपालिकाले यस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधरणलाई समेत निःशुल्क सेवा उपब्ध गराएमा व्यवसाय करमा ५०प्रतिशत छुट दिने प्रस्ताव गरेको हो। आर्थिक वर्ष२०७८/७९को बजेट शुक्रबार पारित गर्दै महानगरपालिको व्यवसायीमाझ उक्त प्रस्ताव राखेको हो। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अठारअर्ब९५करोड७७लाख बाह्रहजार रुपैयाँको बजेट ल्याएको छ।