राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मुगुमा २४ र रुकुम पश्चिममा ५८ सामुदायिक विद्यालय छनोट गरी पूर्वाधार विकास थालिएको छ । कर्णालीका जिल्लाहरूमा पूर्वाधार अभावकै कारण शैक्षिक गुणस्तर खस्किएको भन्दै भवन निर्माण, आईसीटी ल्याब स्थापना कार्यक्रममा बजेट विनियोजन गरिएको हो ।