बुटवल – लुम्बिनी प्रदेशमा १३ लाखभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार चैत २२ गतेदेखि लुम्बिनीका १३ लाख १३ हजार ९८९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ। प्रदेशमा चैत २८ सम्ममा सबै बालबालिकालाई खोप लगाइसक्ने योजना रहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। बालबालिकालाई विद्यालयमै केन्द्र तोकेर खोप दिइने […]