कुश्मा । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल ‘जर्ब बल' सञ्चालनमा ल्याएको छ। द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए । नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएक