काठमाडौं : संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनवाइका क्रममा एक जना अधिवक्ताले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तुलना राजासँग गरेका छन्। उनले राष्ट्रपतिको भूमिकाका सम्बन्धमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालको प्रसंग पनि नजिरका रुपमा प्रस्तुत गरे।
आजको सुनुवाइमा चौथो नम्बरमा बहसमा आएका अधिवक्ता टीकाराम भट्टराईले संवैधानमै नभएको अधिकार…