ललितपुरः ललितपुरको महालक्ष्मी नगरपालिका ५ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। समाजसेवी रामबहादुर अमात्यको पहलमा भएको शिविरमा चार सय जनाको आँखा जाँच गरिएका छन्।
महालक्ष्मी नगरपालिका, तारापुञ्ज बचत सहकारी, मोतेश्वर आपसी बचत तथा सहकारी र आधारशीला बचत सहकारीको सहयोगमा भएको शिविरमा १२ जनाको मोतियाविन्दुको शल्क्रिया गर्नुपर्ने पहिचान समेत भएको छ।…