निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउन तयारी गरिरहेको छ । तर त्योभन्दा अघि नै विभिन्न प्रदेशहरूमा सरकार गठनको चर्चा सुरु भइसकेको छ । बागमती प्रदेशमा पनि सरकार गठनको हिसाबकिताब सुरु भइसकेको छ । गत निर्वाचनबाट बागमती प्रदेशमा सात वटा दलहरूले प्रतिनिधित्व गरेका छन् । कूल ११० सदस्यीय प्रदेशसभामा कुनै पनि दलहरूले स्पष्ट बहुमत भने पाउन सकेका छैनन् ।बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी,