ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु

काठमाण्डाै - ललितपुरमा १५ दिने कला प्रदर्शनी सुरु भएको छ । कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन ललितपुर महानगरपालिका–१ बखुण्डोलमा रहेको कुण्डलिनीमा हिजोदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङ विक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषीमा र रुद्रबहादुर पुनका चित्रकला  राखिएको छ ।  तस्बिर : सु...

सम्बन्धित सामग्री

ललितपुरमा विशेष कला प्रदर्शनी

ललितपुर – पर्यटन दिवसको अवसरमा ललितपुरमा विशेष कला प्रदर्शनी सुरू भएको छ । ललितपुर महानगरपालिका हस्तकला प्रवर्द्धन समिति र पर्यटन प्रवर्द्धन समिति वडा नं ६ को आयोजनामा ओकुबहालमा विशेष कला प्रदर्शनी सञ्चालन भएको हो । विशेष कला प्रदर्शनीमा दिवङ्गत भइसकेका सिद्धहस्त तथा मूर्धन्य कलाकारहरूको दुर्लभ शास्त्रीय कला, ६० वर्षभन्दा माथिका वरिष्ठ कलाकारहरूको शास्त्रीय कलाकृति तथा लोपोन्मुख दैनिक जीवनसँग प्रेरित रेखा चित्रकला राखिएका छन् । लोपोन्मुख प्रविधि, पाैराणिक ऐतिहासिक कला, संस्कृति, एवम् जीर्ण सम्पदाहरूको संरक्षण तथ...