प्रदेश १ नामकरण विवाद : मधेसी-थारु पहिचान झल्किने नामको माग

चालु वर्षे अधिवेशनबाटै प्रदेश १ को नामकरणका लागि विभिन्न नाममा बहस भइरहेका बेला यस प्रदेशका दुई तीहाई जनसंख्या भएको उदयपुर, सुनसरी, मोरङ र झापाका थारु, मधेसीलगायत समुदायले आफूहरूको पहिचान झल्किने नाम राख्न माग गरेका छन् ।