आज नागपञ्चमी, मूलढोकामा नागको पूजा गर्ने दिन

काठमाडौं : सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्।यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि  विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ।  मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्त