चुनावी रणनीति बुन्न केन्द्रीय समिति बैठकमा लम्किएका एमाले नेता (तस्बिरहरू)

नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरू भएको छ । आज र भोलि बस्ने बैठकमा मुख्यगरी सत्तारुढ गठबन्धनले एमालेविरुद्ध गरिरहेको तालमेलको तयारी र त्यससँग जुध्न देशव्यापी माहौलका लागि पार्टीको रणनीति बनाइ कार्ययोजना र जिम्मेवारी बाँडफाँट पनि गरिने नेताहरूले बताएका छन् ।