बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा भर्खरैमात्र जमानतमा छुटेका छन् । उनी दुई महिनाअघि पोर्न फिल्म बनाएको अभियोगमा जेल परेका थिए । रिहा भएपछि राज कुन्द्राले आफुविरुद्ध अभिव्यक्ति दिनेहरुसँग बदला लिन थालेका छन् ।उनले अभिनेत्री सर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गराउने धम्की दिएका छन् । राज कुन्द्राका वकिल प्रशान्त पाटिलले सर्लिनलाई नोटिस पठाएर एक हप्ताभित्र सार्वजनिक रुपमा माफी माग्न भन्दै धम्की दिएका हुन् ।सर्लिनले माफी नमागे उनीविरुद्ध ५० करोड भारुको माग दाबीसहित मानहान