नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको मुख्य मोर्चा सडक नै भएको बताएका छन् । पार्टी बनाउने हो भने सडक, सदन र सरकार तीनै मोर्चाबाट पहलकदमी लिनुपर्ने भएपछि क्रान्तिकारीका लागि प्रमुख र निर्णायक मोर्चा भने सडक नै भएको उनको भनाइ छ । ‘हामीले सडक छाड्न मिल्दैन । तीन वटै मोर्चाबाट लडाइ लड्नुपर्छ’, प्रचण्डले भने, ‘तर क्रान्तिकारीका लागि मुख्य मोर्चा भनेको सडक नै हो । सडककै बलबाट निर्वाचन प्रणालीलाई समाजवाद उन्मुख बनाउनुपर्छ । शासकीय स्वरूपलाई पनि समाजवादउन्मुख बन