वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डले दियो १६ करोड रुपैयाँ

काठमाण्डौ – वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत् तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा ज्यान गुमाउने श्रमिकका परिवारलाई आर्थिक सहायता विषयमा १६ करोड ७ लाख ५५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यसरी ज्यान गुमाउने ९ महिला सहित २८० जना श्रमिकको परिवारले यो खर्च पाएका हुन् ।  यस्तै अंगभंग वा बिरामी भएका ३१ जना श्रमिकले औषधोपचारबापत १३ करोड तीन लाख ३७ हजार र...