एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक प्रत्यक्ष वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक जो बाइडेन र पुटिनबीच १६ जुनमा प्रत्यक्ष कुराकानी हुने भएको हो । ह्वाइट हाउसले दुई राष्ट्रपतिबीच १६ जुनमा जेनेभामा भेटवार्ता हुने कुराको पुष्टि गरेको छ । पछिल्ला वर्ष अमेरिका र रसिया बीचको सम्बन्ध त्यति राम्रो छैन ।बाइडेन र पुटिनले पनि एक अर्कालाई धेरै पटक व्यक्तिगत रुपमा टिप्पणी गर्दै आइरहेका छन् । यसअघि राष्ट्रपति बाइडेनले एबीसी न्युजसँगको कुर