कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा १ महिनाको तलब प्रदान

काठमाण्डौ – कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गर्नुभएको हो । मन्त्री श्रेष्ठले एक महिनाको आफ्नो तलब सम्मानस्वरूप ७० हजार सात सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।  सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्ने कुरा कम चुनौतीको विषय नभएको बताउनुभयो । उहाँले आरोही शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ...