भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले कोरोनालाई जिते

काठमाडौं, १६ वैशाख । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले कोरोना भाइरसलाई जितेका छन् । उनी आज कोरोना संक्रमणमुक्त भई अस्पतालबाट घर फर्किएका छन् । एएनआईका अनुसार सिंह १० दिन अस्पताल बसाईँपछि डिस्चार्ज भएका हुन् । उनी एम्सको ट्रमा सेन्टरमा १९ अप्रिलमा भर्ना भएका थिए ।

सम्बन्धित सामग्री

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहले जिते कोरोना

बीबीसी। कोरोना संक्रमित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह उपचारपछि बिहीबार घर फर्किएका छन्। दिल्लीको एम्स अस्पतालमा उनी भर्ना भएका थिए। उनको स्वास्थ्यस्थितिबारे अहिले पूर्ण जानकारी दिइएको छैन। कोरोना पोजिटिभ देखिएपछि उनलाई अप्रिल १९ मा अस्पताल भर्ना गरिएको थियो।