नेपाल एसबिआई बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई सहयोग

काठमाडौं- नेपाल एसबिआई बैंकले बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको हो । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका बागमती प्रदेश प्रमूख बिनोद कूमार ढुङ्गेलले उक्त सामाग्रीहरु स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका थिए । […]