समानुपातिकमा बदर बढी

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ७ दशमलब ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलब ९६ प्रतिशत मत बदर भएको पाइएको हो ।