न्यु बुटवल सबस्टेसन बन्ने

न्यु बुटवल ४०० केभी सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डियाले प्राप्त गरेको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहायतामा एमसिए नेपालले सो सबस्टेन निर्माण गर्न लागेको हो । यो एमसिसी परियोजना अन्तर्गतका कामको पहिलो ठेक्का सम्झौता हो ।

सम्बन्धित सामग्री

एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा, प्रसारण लाइनको कहिले ?

३ असार, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा बन्ने तीन वटा विद्युत सबस्टेसनमध्ये दुई वटाको ठेक्का सम्झौता भएको छ । यसअघि न्यु बुटवल सबस्टेसन (लट–२) को ठेक्का सम्झौता भइसकेकोमा शनिबार मात्रै …

रातामाटे सबस्टेसन निर्माणको सम्झौता

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को प्रशारणलाइन परियोजना अन्तरर्गत बन्ने थप एक सबस्टेसनको निर्माण सम्झौता भएको छ । नवलपरासीमा बन्ने न्यु बुटवल सबस्टेसनको ठेक्का सम्झौता लगत्तै एमसीए–नेपालले नुवाकोट जिल्लाको बेलकोटगढी–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न शुक्रबार भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) प्रविधिमा आधारित र एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको एमसीए नेपालले जनाएको छ ।

एमसीसीको पहिलो ठेक्का लाग्यो, ३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने

२७ वैशाख, काठमाडौं ।  एमसीए-नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानमा बन्ने न्यु-बुटवल सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजना अन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) …

अब परासीका उद्योगलाई बिजुली फालाफाल हुने

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ ।  औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ के...

बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । मैनहियामा १३२÷३३÷११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् ।प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजनाका प्रमुख हरीप्रसाद पाण्डेले बताए। स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडरको लाइन तानिएको पाण्डेले उल्लेख गरे ।१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको  निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०÷०७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो ।मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।