एमालेले एमसीसीको पक्षमा उभिँदा देउवा सरकार अल्पमतमा पर्नबाट जोगिएला कि वा आगामी चुनावमा पार्टीको भोट घट्ला कि भन्ने कोणबाट होइन, यो सम्झौताले नेपालको हित गर्छ कि गर्दैन भन्ने कोणबाट सोचेर ओलीले छिटो निर्णय लिउन् । होइन भने आफूले आफैंलाई ‘नयाँ माधव नेपाल’ घोषणा गरुन् ।