बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, दिनहुँजसो पाटे बाघ देखेपछि पर्यटक खुसी

बर्दिया - 'जीप सफारीका क्रममा हामीले दुई वटा पाटे बाघ देख्यौँ । एउटा पोथी, अर्को भाले । बाघ देख्न पाएकाेमा साह्रै खुसी लाग्याे । बर्दिया राष्ट्रिय निकुञ्ज निक्कै सुन्दर रहेछ । अफ्रिकाभन्दा नेपाल धेरै फरक अनि राम्रो लाग्यो' पहिलो पटक नेपाल आएका ६७ वर्षीय इजरायली पर्यटक अभि गोभेनले भन्नुभयाे । बर्दिया निकुञ्जभित्रबाट जीप सफारी गरी फर्किएपछि निकुञ्ज गेटबाट पर्यटकहरु बाहिरिँदै गर्दा बुधवार दिउँसो बाघ देख्न पाएकोमा निक्कै खुसी देखिन्थे ।  इजरायलबाट आएका ८ जना पर्यट...