दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले दार्चुलामा भएको घट्नाको तत्काल छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले नेपाली नागरिक ३३ वर्षीय जयसिंह धामी तुइन काटिँदा महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गरी संलग्नलाई कारबाहीको माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यस घटनामा भारतीय पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको श्रेष्ठले बताए।