नारायण गोपाल भन्थे : संगीत मानिसको लागि आधारभूत आवश्यकता हो

काठमाडौं :  केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ, लौ सुन म भन्छु मेरो राम कहानी, मलाई नसोध कहाँ दुख्छ घाउ, तिम्रो जस्ताे मुटु मेरो पनि, म त लालिगुराँस भएछु, एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, यो सम्झिने मन छ म बिर्सुँ कसरी यी बाहेक पनि दर्जनौँ गीत छन् जसले नारायण गोपाललाई अहिलेसम्म पनि जीवितै राखेको छ। वि.सं. १९९६ असोज १८ गते जन्मेका नारायण गोपाललाई स्वरसम्राट भनेर चिनिन्छ। उनी आजको पुस्ताका पनि धेरै गायकका आइडल र धेरै श्रोताका सबैभन्दा मनपर्ने गायक हुन्। जीवनको