नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा १०.१५ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६० करोड ६ लाख ४७ हजार मुनाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा १ अर्ब ४३ करोड ८२ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १० करोड ४३ लाख ९२ हजार रहेको छ ।