जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौँदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर कालापत्थरसम्म पदयात्रा हुने भएको छ । यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौँदेखि कालापत्थरसम्म विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् । ‘साथसाथै’ संस्थाको आयोजनामा हुने पदयात्राका क्रममा यही फागुन १७ गते महिला टोली आधारशिवरतर्फ प्रस्थान हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लल